काठमाडौँ, कात्तिक १४ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा सभामुख कृष्णबहादुर महरा अस्पताल पुगी जानकारी लिएका छन् ।
न्युरो अस्पतालबाट तुलाधरलाई मङ्गलबार रिफर गरी नर्भिक अस्पतालमा लगिएको थियो । सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह उनको उपचारमा संलग्न छन् ।
उक्त अवसरमा सभामुख महरालाई उपचारमा संलग्न चिकित्सकले तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए ।
उपचारमा कुनै कमी हुन नदिनका लागि सो अवसरमा सभामुख महराले चिकित्सकसँग अनुरोध गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको सभामुख महराको निजी सचिवालयले बताएको छ ।
0
Shares