१५ वर्षदेखि सञ्चालित ‘राइनो संरक्षण गोल्डकप’ आजदेखि

कावासोती, कात्तिक १५ । १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा आजबाट शुरु हुँदैछ ।

गैँडा संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए ।

खेलको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु र वातावरण संरक्षणको चेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल आज आयोजक नवलपरासी–११ र लिली रुपन्देही–११ बीच हुने आयोजकले बताएका छन् ।

खेल तालीका अनुसार कात्तिक १६ गते एनआरटी र सरस्वती क्लब, कात्तिक १७ गते वीरगञ्ज युथ एकेडेमी र पोखरा–११, कात्तिक १८ गते च्यासल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।