‘अधिकांश विवाद मेलमिलापबाटै समाधान’

तुलसीपुर, कात्तिक १६ । मेलमिलाप नीतिलाई तुलसीपुर उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्नका लागि प्राथमिकता दिइएको छ ।

सो समितिमा परेका अधिकांश विवाद मेलमिलापबाटै समाधान गरिँदै आएको विहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

सहज न्याय र मेलमिलाप नीतिलाई सरल बनाउन उक्त समितिले अब प्रत्येक वडामा छिट्टै मेलमिलापकर्तासमेत राख्ने तयारी गरिएकोे सोही समितिका संयोजक माया शर्माले जानकारी गराएकी छिन् ।

उनले भनिन्– हामीले न्यायलाई सरल र मेलमिलाप नीतिलाई सहज बनाउन इजलास निर्माणदेखि १९ वडाका अध्यक्ष र सचिवलाई तालीम दिएका छौँ, अब स्थानीयस्तरमै मेलमिलाप गराउन केही दिनमै सहजकर्ता राख्ने तयारीमा छौं ।

न्यायिक समितिमा हालसम्म आएका १०१ विवादमा ४३ वटामा मेलमिलाप गरिएको समितिल बताएको छ । उक्त समितिमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, घरबहाल सम्झौता, निजी जग्गामा अरूले संरचना बनाएको तथा सिमाना विवादका उजुरी परेका थिए ।

गत आवमा ३५ र यस आर्थिक वर्षमा आठ विवादका मुद्दा मिलापत्रबाट फछर्योट गरिएकोे जनाइएको छ ।