मलेसियालाई पछि पार्दै नेपालको उत्कृष्ट जित

काठमाडौँ, साउन ३ । नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज भएको खेलमा नेपालले दोस्रो खेलमा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै मलेसियालाई पाँच विकेटले हराएर जित हासिल गरेको हो ।

सन्दिपको कसिलो बलिङकै कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन बनाउन सक्यो । सन्दिपले पाँच विकेट लिएर आठ दशमलव पाँच ओभर बलिङ गर्दै एक मेडन राखि १७ रन खर्चे । सन्दीपले सोमबार सिङ्गापुरसँगको खेलमा समेत पाँच विकेट लिएका थिए । मलेसियाका लागि कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नेपालले मलेसियालाई ११ अतिरिक्त रन दिएको थियो ।

नेपालले विजयी लक्ष्य नौ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार ६ रनमा, आदिल खान पाँच तथा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भए । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधक २३ रन बनाए । उनले २० बल खेल्दै पाँच चौका हाने । यस्तै प्रनित थापामगरले अविजित १८ रन बनाए । उनले १२ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरेका थिए । बलिङतर्फ मलेसियाका हाफिजुद्धिनले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै २१ रन खर्चेका थिए । नेपालले अर्को खेल बिहीबार अफगानिस्तानसँग खेल्ने भएको छ ।