कपिलवस्तु, साउन ३ । कपिलवस्त जिल्लाको विभिन्न ठाउँमा रहेका नर्सरीबाट एक लाख ८० हजार बिरुवा वितरण गरिएको छ । जिल्लामा रहेका मसला, सिमल, खयर, शाहगवान, सिसौ जस्ता विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गरिएको छ ।
भू–क्षय नियन्त्रण गर्ने उद्देश्य र आयआर्जको स्रोत बढाउनका लागि विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको सहायक वन अधिकृत रामचन्द्र साहले जानकारी दिए । सेक्टर वन कार्यालय चन्द्रौटाले मसलाका ५५ हजार नौ सय बिरुवा, सिमल १० हजार पाँच सय, सिसौ १० हजार १५०, अमला चार हजार, खयर चार हजार, कल्पफूल एक हजार ८५०, सागवान एक हजार, अर्जुन एक हजार, जामुन ८७५, सिरिस ५०० र वेल ३५० बिरुवा वितरण गरेको कार्यालय प्रमुख रामहरि सेढाईंले बताए । निजी क्षेत्रमा वृक्षरोपण गरी वनको क्षेत्रफल बढाउन बिरुवा निःशुल्क विरतरण गरिएको उनले बताए ।
0
Shares