तुलाधरको निधनले मुलुकलाई अपूरणीय क्षति : राष्ट्रपति

काठमाडाँै, कात्तिक २५ । वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त दुखित बताएको बताइन् ।

नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो– समवेदना सन्देशमा राष्ट्रपतिले भनेकी छिन् ।

भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उहाँको अगुवाइ र सक्रियता उल्लेखनीय रहेकाले उनको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गरिन् ।

समवेदना सन्देशमा भनिएको छ– मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु ।