भुटानी नेपालीहरुको कथामा ‘पुर्खाले’ सार्वजनिक

गायक जेम्स गजमेरले केहि दिन अघि भुटानी नेपालीहरुको कथा ब्यथा बोकेको गीत पुर्खाले सार्वजनिक गरेका छन । गीतले भुटानी नेपालीहरुको जिवन कथा बोल्छ ।

गीतको भिडियोमा आफ्नो देशमा हुदाका रमाइलो पलहरुको सम्झना गरिएको देख्न सकिन्छ । हाम्रो आ– आफ्नो जिवन भोगाइका कथा पिर ब्यथाहरु छन् । जिन्दगी भन्नु एउटा सम्झना रहेछ । शरीर जहाँ भए पनि मन त आफु जन्मे हुर्केको गाउँ ठाउँमा हुन्छ ।

धेरै वर्ष पहिले भुटानमा बस्ने भुटानीहरुले एउटा अत्यन्त दुखलाग्दो घटनाको सामना गर्नु परेको थियो । उनीहरु आफ्नो देशबाट लखेटिएका थिए र शरणार्थीको रूपमा नेपाल पुगेका थिए । उनीहरु आफ्नो देश फर्किन चाहन्थे तर पाएनन अन्ततः उनीहरु अमेरिका पुगे ।

अहिले पनि अमेरिका बस्ने ती भुटानी नेपालीहरुले साथीभाई संग कहिले यही कुरामा गफिने गर्छन आफ्नो माटो सम्झिन्छन् र भाबुक बन्ने गर्छन् ।

गीतका रचनाकार र भिडियोको प्रोड्युसर धन प्रधान हुन् । गीतको भिडियोमा एनबि जनकर्मी, रबिन्द्र मान सिंह बस्नेत, डिएक्स दर्नाल, हर्क गजमेर, कुमार चौहान, डमर तिवारीको अभिनय देख्न सकिन्छ ।

यस गीतको एरेन्जमेन्ट सन्जिव बराइलीले गरेका हुन् भने स्वर, संगीत र भिडियो निर्देशन जेम्स गजमेरको रहेको छ ।