बाजुरा, कात्तिक २९ । बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज से१ज ५४३ नं को जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुने चालक त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताएका छन् ।
दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख भाटले जनाएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी गराएको छ ।
सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पुर्याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको हो । जीप सडकभन्दा करीब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
0
Shares