शनिबार ब्रिसबेनमा नेपाल महोत्सव

गैर आवासिय नेपाली संघ,अस्ट्रेलियाको आयोजना तथा क्वीन्सल्यान्ड राज्य समितीको संयोजनमा यही आउदो शनिबार ब्रिसबेनमा नेपाल प्रर्वधनको मुख्य उद्देस्यका साथ नेपाल महोत्सवको आयोजना हुदैछ । यही नोभेम्बर १७ तारिखका दिन ब्रिसबेनको आकर्षक केन्द्रका रुपमा रेहको किङ जर्ज स्क्वायरमा हुने यस महोत्सवमा स्थानिय दश हजार नेपालीको सहभािगता रहने आशा गरिएको आयोजक एनआरएनले जनाएको छ । कुवंरले महोत्सवमा रौनक थप्न नेपालवाट राजेश पायल राइ, सुगम पोखरेल,तृष्णा गुरुङ,बिश्व नेपाली र शिव हमाल जस्ता गायक गायीकाको प्रस्तती रहने समेत बताए ।
हाम्रो मुख्य उद्देस्य भनेको मुलुकको पहिचान र पर्यटन प्रर्वधन भएकोले सकेसम्म बिदेशीहरुलाई नेपालको बारेमा जानकारी दिनु र उनिहरुलाई हाम्रो पहिचान झल्काउनु हो , एनआरएन अस्ट्रेलियाका महासचिब नारायण् कोइरालाले बताए । कोइरालाले हरुेक दुइ बर्षमा अयोजना हुने नेपाल महोत्सव बिदेशमा छरिएर रहेका नेपालीजनलाई एक आपसमा भेटने, रमाइलो गर्ने र भाइचारा साट्ने अवसर प्रदान गर्ने थलोका रुपमा रहेको सुनाए । ब्रिसबेनमा रहेका बिश्लेषक डा भरतराज पौडेल हरेक दुइ बर्षमा नेपालीमन जोडने मेलाका रुपमा नेपाल महोत्सव प्रचलित रहेको सुनाउछन । एनआरएनए अस्ट्रेलियाले प्रत्येक २ वर्ष मा आयोजना गर्दै आइरहेको नेपाल फेस्टिभल अस्ट्रेलियामा बस्ने नेपालीहरुको लागी कुम्भ मेला जस्तै हो ।
आयोजना गर्न थालेको १ दशक भन्दा बढी समय बिती सकेको छ, अस्ट्रेलियामा नेपाली हरुको जनसंख्या पनि निक्कै बढीसकेको छ , नेपाल फेस्टिभलले आपसी भेटघाट हुने भन्दा पनि हामीले बिदेशीहरुको सहभागीतामा जोड दिदै अगाडि बढ्नसके सुनमा सुगन्ध हुने पौडेलेको ठहर छ ।