सिडनीको स्थापीत ब्रान्ड बन्दै “मिर्ची” रेस्टुरेन्ट

मिहिनेत र परिश्रमले मानिशलाई सफलताको वाटोमा नडोहराउने कुरै हुदैन । यस्तै परदेशी भुमिमा सफलताको कथा जोडने पात्र हुन चितवनको दिपराज सापकोटा र बिषय बस्तु हो यहाँंको मिर्ची रेस्टुरेन्ट ।
अस्ट्रेलियाको सीड्नी वरपर नेपाली तथा भारतिय समाजमा पनि लोकप्रीय बनेको एउटा नाम छ त्यो हो मिर्ची । हुन त झलक्क सुन्दा यो नाम कता कता हामीले सुनेको जानेको जस्तो लागी हाल्छ । अझ तराइ मधेशवासीहरुको लागि त यो अपरिहार्य भोजन नै हो । र्मीर्ची अथवा खुर्सानी या पीरोको द्योतक बन्ने कुरो नेपाली र भारतियले सहजै बुझीहाल्छन । तर यो नेपाली तथा भारतिय खानाको फ्युजनको रुपमा अगाडि बढाइएको एउटा भोजनगृहको नुमना पनि हो । सीड्नीमा भबिष्य खोज्न आएका दिपराजले यो क्षेत्रमा लामो समय अनुभव बटुले र पछि यसमा हात हाले । अहिले उनको अनुभवले परिपक्क मात्र हैन परिवर्तन पनि ल्याएको छ उनको जिवनमा ।

प्रारम्भमा यसै हस्पीट्यालीटी बिजनेशमा काम गरेका दिपराजको यतखिेर सिडनी वरपर सातवटा मिर्ची रेस्टुरेन्ट सन्चालनमा छन । उनले यसै हप्ता कोग्राहमा मिर्चीको नया शाखा खोले । यो सहित दिपराजको टाउन हल, हर्षभिल , कोग्राह लगायत सातवाट मिर्ची रेष्टुरेन्ट सन्चालनमा आएका छन । सपरिवार सिडनीमा रहेको दिपराज अझै पनि दिनको १० ,१२ घन्टा खट्छन , मिहिनेत र परिश्रमले नै उफल भइएको कुरा उनले भुलेका छैनन । स्पष्ट बोली, साथीभाइका प्यारा दिपराज सिडनीका सामाजिक कार्यक्रम पनि भ्याउन पछि पर्दैनन । स्थापीतको क्रममा भएकोले मन भएकोले पनि तन उपस्थीत गराउन कठिन भैरहेको छ तर सहयोग र सदभाव भने सबैखाले सामािजक काममा अगाडि सरेरै गर्ने गर्छन उनि । मिर्ची एएटा स्थापीत ब्रान्ड बनेकोमा खुसी र गर्व लाग्छ , मेरो महिनेत र परिश्रमको फल पाएजस्तो,दिपराज सफलताको कथा यसरी सुनाउछन । हुन पनि सिडनीको बजारमा सस्तो र मिठो नेपाली परिकारका लागि मिर्ची लोकप्रीय पनि छ । केहि भारतिय स्वाद र धृरै नेपाली खानाको मिश्रणले उनको यो नामलाई पनि असल कामका रुपमा चित्रण गरेको छ ।

परिवारजनको सहयोग नै सफलताको अर्को पाटो भन्न रुचाउने दिपराज श्रीमती अमृता र छोरा सुवास अनि छोरी अन्जलीको माया ममता र हौसला आफ्ना लागि नया काम गर्ने हौसलाका रुपमा रहेको बताउछन । उनको सातौ कोग्राह ब्रान्डको उदघाटनका अवसरका आइसी सदस्य दिनेश जोशी, पुराना सन्चारकर्मी डिल्लाी ढकाल , समाजिक अभियन्ताहरु पुर्णनाथ घिमिरे, सुदुर पश्चिम समाजका अध्यक्ष केशव जोशी , स्थानिय युवाहरु थानु शाक्यलगायतले सफलताको शुभकामना प्रदान गरेका थिए । जे होस छोटो समयमा सिडनीको रेस्टुरेन्ट व्यबशायमा एउटा नाम र ब्रान्ड स्थापीत गर्न सफल दिपराज र मिर्चीलाई सफलताको शुभकामना