काठमाडौँ, मङ्सिर ७ । बिहीबार साँझ भएको विद्यालयको बस दुुर्घटनाप्रति नेपाली कांग्र्रेसले दुुःख व्यक्त गरेको छ ।
आज कांग्र्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति गर्दै गरी डा के आइ सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो ।
बिहीबार साँझ विद्यालयको बस दुुर्घटना हुुँदा १८ जनाको मृत्युु भएको थियो भने २६ जना घाइते भएका थिए । यसैबीच आज दार्चुुलामा मिनिबस दुुर्घटना हुँदा दुुई जनाको मृत्युु हुनुुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि कांग्रेसले दुुःख प्रकट गरेको छ ।
बस दुुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गरी शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै सो घटनामा परी घाइते भएकाको कांग्र्रेस सभापति शेरबहादुर देउवाले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
0
Shares