डडेल्धुरा स्कुल बस दुर्घटनाका सबैको सनाखत, घाइतेलाई भेटी साउदले दिए सान्त्वना

डडेल्धुरा, मंसिर ७ । डा.केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा भएको से १ क २९३ नम्बरको स्कुल बस दुर्घटनामा मृत्यु भएका १८ जनाको सनाखत भइसकेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अाज काठमाडौंको वीर अस्पताल पुगेर सो दुर्घटना परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

केन्दीय सदस्य साउदले घटनाप्रति दुःख व्यक्त गरी अस्पतालमा उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सान्त्वना दिएका छन् ।