सिंगापुरलाई नेपालद्वारा १६९ रनको चुनौती

काठमाडौँ, साउन ६ । सिङ्गापुरमा जारी आईसीसी एसिया यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सिंगापुरलाई नेपालले १६९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनाउन सफल भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरी ८३ बलमा दुई छक्का र दुई चौकामा ५४ रन जोड्न सफल भए ।

प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए । बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई/दुई विकेट लिए भने विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे ।