काठमाडौँ, मङ्सिर १४ । सिद्धार्थ बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत दिने बताएको छ ।
नेपाल धितोपत्र बोर्डले यही मङ्सिर ६ गते स्वीकृति दिएको सो ऋणपत्रको बिक्री यही मङ्सिर २३ गतेदेखि प्रारम्भ हुनेभएको छ ।
ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र बिक्री छिटोमा मङ्सिर २६ गतेसम्म र ढिलोमा आगामी पुस २३ गतेसम्म हुने क्यापिटलले जनाएको छ ।
सो ऋणपत्रलाई ‘एसबिएल डिबेन्चर २०८२’ नाम दिइएको छ । बिक्री गर्न लागिएको ऋणपत्रमध्ये २२ हजार ५०० कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । इक्रा नेपालले सो ऋणपत्रलाई ट्रिपल बी प्लस ग्रेड दिएको छ ।
0
Shares