ॐ शान्ति ……….

 ******कविता ******

बुद्धकाे शान्ति हामी भित्रै बिद्यमान छ ।
हामीलाई डलरमा शान्ति किन्नु पर्दैन ।।
किनेकाे मुर्दा शान्तिले काम पनि गर्दैन ।
पञ्चट भएकाे पाङ्ग्रा अगाडि सर्दैन ।।

चर्चमा कसम खाने दशैमा टीका थाप्ने ।
अाफु बिँडाे थाम्न सामन्तलाई सराप्ने ।।
न्याय माग्नेलाई राज्य अाफै दपेट्ने ।
देश दाेहन गरी अाम्दानी स्वयं लपेट्ने ।।

अन्यायकाे व्यापार न्याय मुर्तिले नै गर्छ ।
अन्यायमा पर्नेले अब कस्काे भर पर्छ ।।
पुलिसले गरिब पिडितलाई बुट बजार्छ ।
अन्यायी अत्याचारीकाे जुत्ता संहाल्छ ।।

नेता भाेट दिने संख्या मात्रै गन्ती गर्छ ।
एक्लै बाँचेकालाई कस्ले वास्ता गर्छ ।।
अहिले जाेसुकै फाईदाकाे पछि लाग्छ ।
यस्तै अकर्मण्यताले शान्ति पर भाग्छ ।।