पत्रकार दाहाल आमन्त्रित जिल्ला सदस्यमा मनोनित

विदुर, मंसिर १७ । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले पार्टीका क्रियाशित ८६ जनालाई पार्टीको जिल्ला कमिटिको आमन्त्रीत सदस्यमा मनोनित गर्नुभएको छ ।

नेपाली कांग्रेसको बिधान २०१७ संसोधित २०७२ र नियमाबली २०६८ को परिछेद ११ को धारा ४९ को उपधारा २ बमोजिम मनोनित गरीएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

केसीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ सदाझै पार्टीको हित र कल्याणको लागि आमन्त्रीत सदस्यहरुले काम गर्नु हुने छ भन्ने आसा राखेको छु ।

केसीद्वारा मनोनित गरिएकाहरुमा पार्टीका पुराना नेतादेखि युवा नेताहरु समेत परेका छन् । यस्तै विगतमा अन्य दलमा रहेका तर निर्वाचनमा बेला कांग्रेस प्रवेश गरेका केही प्रभावशाली व्यक्तिहरुलाई पनि जिल्ला कार्यसमितिमा प्रवेश गराइएको छ ।

नुवाकोट पुकार साप्ताहिकका प्रवन्ध निर्देशक तथा प्रेस युनियनका केन्द्रीय पार्षद शुकदेव दाहाललाई पनि आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

पत्रकारितामासँगै कांग्रेस राजनीतिमा सक्रिय समय बिताउनु भएका युवा पत्रकार दाहाल कांग्रेसको राजनीतिमा पनि उत्तिकै सक्रिय रहदै आउनु भएको थियो ।