सिन्धुली, मंसिर १७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा नउठेको समचार आई रहँदा सिन्धुली जिल्लामा स्वरोजगार कोषको भाका नागेको शत् प्रतिशत कर्जा उठाउन थालिएको छ ।
सिन्धुली जिल्लामा दुई सहकारी (भिमेश्वर कृषि र भिमान बचत तथा ऋण सहकारी) संस्थाहरुको करिव ४३ लाख २०७३ साल असार मसान्त सम्म बुझाउनु पर्नेमा हाल सम्म पनि नतिरेका सहकारीहरुवाट बिभिन्न तबरबाट रु २७ लाख स्वरोजगार कर्जा उठाइ कोषको खाताका जम्मा गरि सकिएको छ ।
बाँकी रकम उठाउन भने कोषको जिल्ला स्थित कर्मचारी तथा सहकारी संस्थाको संचालक समिति, स्थानिय तहका जनप्रतिनिधसमेत लागि परेका छन ।
करिव यस पुष भित्र सबै भाका नागेको कर्जा सुन्यमा झार्ने जिल्ला सदस्य सचिव हिमाल बुढाथोकीले बताएका छन् । कर्जा अशुली तथा कानुनी कारवाहीका लागि बिभिन्न संघ, सस्ंथा तथा जनप्रतिनिधि संग निरन्तर प्रत्यक्ष भेटघाट छलफल समेत गरिरहेको बुढाथोकीले जनाएका छन् ।
भाका नागेको रकम नबुझाउने सहकारी तथा व्यवसायीहरुलाई कालो सुचिमा राखि कारवाही गरिरहेको समेत उनले जानकारी गराएका छन् ।