छैटौँ चरणको पहिलो खेलमा एपिएफ र एनआरटी भिड्दै

काठमाडौँ, मंसिर १८ । आजबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको छैटौँ चरणका खेल हुँदैछन् । आज हुने प्रतियोगीताको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् ।

आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित हासिल गर्न सकेको छैन ।

विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुवात गरे पनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ ।

विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको छ । एकमा बराबरी तीनवटा खेलमा पराजित हुँदै चार अङ्कका साथ तालिकाको ११आँै स्थानमा छ । त्यस्तै प्रतियोगीता अन्तर्गत आजै हुने दोस्रो खेलमा पुलिस र सङ्कटा क्लब भिड्ने छन् ।

नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौ स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ ।

छैटौँ चरणका खेल अन्तर्गत बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुन्छ ।

बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग, ब्रिगेडब्वाइज क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ ।