काठमाडौँ, मङ्सिर १८ । नेपाल बैंकर्स संघको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाइएको छ । सो बैठकबाट बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने अधिकारको समेत व्यवस्था गरीएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको बताएका छन् । वाणिज्य बैंकले ‘भद्र सहमति’ भन्दै संघको निर्णयका
आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो । बैंकमा ऋण दिने रकमको अभाव हुन थालेपछि संघको बैठकले निक्षेप बढाउनका लागि सो निर्णय गरेको जानकारी गराएको छ ।
व्यक्तिगत निक्षेपको हकमा बैंक आफैँले स्वतन्त्र हुने निर्णय गर्न सक्ने अध्यक्ष ढुङ्गानाले बताए । यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको जानकारी गराउँदै उनले भने, यस्तै बचत खातामा भने सात प्रतिशतसम्म ब्याज दिन पाइने व्यवस्था रहेको छ । यस्तै संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति भएको थियो ।