धनुषा, मंसिर २३ । धनुषा जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक नगरी जनकपुरमा यही मंसिर २०, २१ र २२ गते सम्पन्न प्रेस काउन्सिल नेपालको पूर्ण बोर्ड बैठकले विभिन्न निर्णयसहित ‘जनकपुर घोषणापत्र’ जारी गरेको छ । उक्त घोषणापत्रमा निम्नलिखित निर्णयहरु भएका छन् ।
१. प्रेस काउन्सिल नेपालमा प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हनन्का घटनाको अनुगमन गरिनेछ । यसका लागि उपसमिति र कार्यविधि बनाइनेछ ।
२. पत्रकार आचारसंहिता उजुरी सुनुवाइ र कारवाहीसम्बन्धी कार्यनीति पारित गरिएको छ ।
३. श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण गरिने छैन र
सरकारबाट उपलब्ध हुने सेवा–सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गरिनेछ ।
४. सर्वाेच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि आवश्यक पहल गरिनेछ ।
५ वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य वीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गरिनेछ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई प्रदान गर्ने उपचार खर्च दोब्बर बनाइनेछ ।
६. ऐतिहासिक भूमि जनकपुरको पवित्र धार्मिक, पर्यटकीय एवं साँस्कृतिक विकास, प्रवद्र्धन र संरक्षणका लागि कलम चलाउन सम्पूर्ण आमसञ्चारमाध्यमलाई आग्रह गर्दछ । विकास, प्रवद्र्धन र संरक्षणमा गम्भीर बन्न नेपाल सरकारसहित सरोकारवाला सबैमा आव्हान गर्दछ । साथै, यसका निम्ति आफ्नो तर्फबाट सक्दो योगदान दिन प्रेस काउन्सिल नेपाल प्रतिवद्धता व्यक्त गर्दछ ।