ओखलढुंगामा साँस्कृतिक संघको तहल्का

ओखलढुंगा नेपाल साँस्कृतिक संघले बृहत् सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । नेपाली कांंग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री शंकर भन्डारीको प्रमुख अथितिथ्यता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतको बिशेष आतिथ्यतामा ओखलढुंगामा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्ब बन मन्त्री शंकर भन्डारीलले केपी ओली सरकार विदेशीको कठपुतली बनेर बाह््रय शक्तिको हस्तक्षेपलाई प्रश्रय दिएको बताएका छन् । उनले देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने वेलामा बाटो विराएर उखान र टुक्कामा केन्द्रीत भएको जानकारी गराए । पत्रकारहरुसंग कुरागर्दै भण्डारीले भने नेपालको समृद्धि र पहिचानमा हिन्दुत्व जोडिएको र धर्मलाई अफिम भन्नेहरुले बाह्रय आयातित धर्मलाई डलरसंग साटेर बिदेशीहरुको धर्मलाई बढवा दिदै गएको प्रति चर्को आलोचना गरेका छन् ।

बिदेशीहरुको एजेन्ट बनेर नेपाल र नेपालीको भविष्यमाथि खेलवाड गर्नेलाई कांग्रेस मुकदर्शक बनेर हेरेर बस्न नसक्ने बताउँदै उनले भने, विदेशीको चलखेल हाम्रा लागि सह्य हुने छैन् । भन्डारीलले नेपाली कांग्रेसको संगठनलाइ चलायमान बनाउन विधान संशोधनको तयारीमा रहेको समेत जानकारी गराए । आगामी महासमिति भेलाले राष्ट्रिय महत्वका एजेण्डाहरु तयार गर्ने जानकारी दिए । अहिलेसम्म भएका,आर्थिक सामाजिक, राजनीतक तथा शैक्षिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको र संविधान निर्माण समेत कांग्रेसकै नेतृत्वमा भएकाले पार्टी भित्रका केही कमी कमजोरीलाई सुधार्दै अव देश र जनताका पक्षमा राष्ट्रिय निति बनाएर अघि बढ्ने धारण व्यक्त गरे ।

यस्तै कार्यक्रमका अर्का अथिति नेपाली कांग्रेसका प्रभाबशाली नेता एवम् केन्द्रीय सदस्य तथा पुर्ब सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत ले वर्तमान सरकारले सिंहदरवारको अधिकार बालुवाटारमा भित्राउने पद्दतिको विकाशलाई तिब्रता दिएको जानकारी गराएका छन् । बस्नेतले संविधानले सिंहदरवारको अधिकार गाँउ गाँउ पुर्याउने व्यवस्था गरेपनि अहिले ओली सरकारले उक्त अधिकारलाई बालुवाटार भित्राउने प्रयास गरिरहेको बताए । संघीय संरचनालाइ व्यवहारमा उतार्ने भन्दा पनि संघीय व्यवस्थाको मर्म र भावना विपरित वर्तमान सरकारले काम गर्दै आएको उनले आरोप लगाए ।

स्थानीय र प्रदेश सरकारबाट संघीय सरकाले व्यापक विरोध भैरहेको छ उनले भने, देशमा आर्थिक सामाजिक र राजनीतिक अस्थिरता बढ्दै गएको छ, धार्मीक असहिष्णुता, प्रेस स्वतन्त्रतामाथि कुण्ठीत हुने काम सरकारबाटै भैरहेको छ । स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै बस्नेतले स्वास्थ्य र शिक्षालाइ सरकारले व्यापार गर्ने थलो बनाएको बताएका छन् । प्रधानमन्त्री ओलीले नागरिकमा भ्रम छरेर बकमफुसे कुरा गर्नुभन्दा आर्थिक सामाजिक समृद्धितर्फ लाग्न उनले सुझाब दिएका छन् ।

उनले नेकपा भित्रै बाट सरकारको कामको व्यापक आलोचना र असन्तुष्टि बढ्दै गएकाले दुइ तिहाइको सरकार पूर्णरुपमा असफल भएको भनेर बुझ्न सकिने बताएका छन् । सरकारले कालाबजारी, भ्रष्टाचारी, बलत्कारी, तस्करी र हत्याराहरुलाई प्रश्रय दिएर नागरिकको अधिकार कुण्ठीग गर्न लागेको बस्नेतले आरोप समेत लगाएका छन् । नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप कुमार सुनुवार,पुर्ब माननीय रामहरी खतिवडाले नेपाली कांग्रेसले हार्दा ओखलढुंगेली जनताहरुले बिभिन्न खाले बिकाशबाट बन्चित हुनु परेको जानकारी गराए । ओखलढुंगा कांग्रेसका नेताहरु उपसभापति तेजेन्द्र खनाल, सचिवहरु नवराज केसी, रुद्र अधिकारी महासमिति सदस्य तथा ओ

खलढुंगा प्रदेशसभा (क)का प्रत्याशी मित्रसेन दाहाल,ट्रेड युनियन कांग्रेसका पुर्ब अध्यक्ष खिलानाथ दाहाल, लगायत दर्जनौ नेता हरुले उक्त कार्यक्रम मा मन्तब्य ब्यक्त गरेका थिए । नेपाल सांस्कृतिक संघ ओखलढुंगाका अध्यक्ष हिलारी बन्धु भुजेलको सभापतित्वमा मंसिर १८ गते सम्पन्न सो कार्यक्रममा नेपाल सांस्कृतिक संघका केन्द्रिय सभापति तीर्थ वहादुर थापा, उपसभापति जर्नादन आचार्य, महामन्त्री शीवशंकर रिजाल ( जोगिन्दर )लगाएतको उपस्थिमा रहेको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ गायक विमलराज क्षेत्री, सुनिल थापा, विपना लामाले गीत गाएर उपस्थित दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । साथै सो कार्यक्रममा “विपीको सपना”नामक गीति नाटक अर्जुन विसीले प्रस्तुत गरेका थिए । सो कार्यक्रमको संचालन नेपाल संस्कृति संघ ओखलढुंगाका सचिब लोकदोहोरी गायक बालकुमार श्रेष्ठले गरेका थिए । उपस्थित नेता तथा कार्यकर्ताले ओखलढुंगामा साँस्कृतिक संघले सो कार्यक्रममा तहल्का मच्चाएको बताएका थिए ।