काठमाडौँ, मङ्सिर २८ । साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको निर्माण पक्षले जानकारी गराएको छ ।
विनोद विष्टले निर्माण गरेको चलचित्रमा घिमिरेको संर्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने जानकारी गराइएको छ । निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत रु ६५ लाख रहेको जानकारी गराइएको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पुर्याउने जानकारी गराउँदै चलचित्रको सङ्क्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको स्मरण गराए । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गरेका छन् भने गायिका जुनु गौतमले गीत गाएर चलचित्र थप राम्रो बनाउने कोशिश गरेकी छिन् ।