शनिबार बस्दै नेकपा स्थायी कमिटीको बैठक

काठमाडौँ, मङ्सिर २८ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको लामो समय गुज्रिदा पनि स्थायी कमिटी बैठक बस्न सकेको थिएन । स्थायी कमिटी बैठकको मिती तोक्नका लागि नेकपालाई निकै मुस्किल परेको र पार्टी एकताको विषयमा नै गम्भिर प्रश्न उठ्न थाले पछि नेकपाको तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने तय भएको हो ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी गराएका छन् । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले बताए ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउनेछ ।