जुम्ला, साउन ९ । जुम्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तालीम तथा हाते होजियारीमा उत्कृष्ट हुने पाँच जना महिलालाई पुरस्कृत गरिएको छ ।
महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा आइतबार भएको उक्त कार्यक्रममा उत्कृष्ट भएका महिलाहरुलाई सम्मान गरिएको हो । पुरस्कृत हुनेहरुमा अष्टा भण्डारी र राज्यदेवी बुढा तथा हाते होजियारीमा राम्रो सीप प्रदर्शन गर्ने नीमा पुटिन लामा, सरिता भारती र रीता रोकाया रहेका छन् ।
उत्कृष्ट हुने पाँचै जनालाई निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जनही रु तीन/तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरेका छन् ।
0
Shares