बिजुलीको तार सर्ट भई आगो लाग्दा रु १२ लाखको क्षति

तुलसीपुर, पुस ३ । घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई लागेको आगोबाट रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।

सो इलेक्ट्रोनिक्स सर्भिसमा आज बिहान आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उक्त आगोलाई प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।