बनियानी, पुस ३ । अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ ।
झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले यही पुस ८ गते नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने हेतुले काठमाडौँमा भेला आयोजना गर्न लागिएको बताए ।
पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा ल्याइएको सो संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेलाको आयोजना गर्न लागिएको हो ।
भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुने उनको भनाइ छ । सो भेलाबाट सरकारी वकिलको क्षमता वृद्धि हुने विश्वास उनले विश्वास व्यक्त गरे ।
यसले वस्तुनिष्ठ न्याय सम्पादन गर्नका लागि सजिलो हुने न्यायाधिवक्ता पन्तले बताए । भेलामा देशभरका चारसय सरकारी वकिलका साथै ८० सरोकार निकायका पर्यपेक्षकले सहभागीता जनाउने छन् ।
0
Shares