प्रवासमा बसेर नेपाली चलचित्रसँंग साइनो जोडने नेपाली युवाहरुले मिस्टर भर्जिनपछि फेरी नया कथानक चलचित्र कागजात बजारमा ल्याउने भएका छन । कागजपत्र निमार्ण टोलीले
चलचित्रको प्रदर्शन मिति तय गर्दै चैत्रको ८ गते रिलिज गर्ने निधो गरेको हो । चलचित्रको प्रदर्शन मिति तय गर्दै यसको फस्टलुक र पोस्टर पनि सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।
इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्रलाई अपिल बिष्टले लेखन तथा निर्देशन गरेका हुन् । सामाजिक कथामा तयार भएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए । निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष बनेका छ । अस्ट्रेलियाको सीडनीलाई कर्मथलो बनाएर बसेको कानुन ब्यवशायी खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले चलचित्रमा लगानी गरेका हुन । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । हामी बिदेशमा रहेपनि नेपाली भाषा,संस्कृती र कलावाट पर रहन सक्तैनौ त्यसैले पनि हामीले यसक्षेत्रमा केहि परक चिज पस्कने प्रयास गरेका छौ, निमार्तामध्येका एक प्रजापती सिवाकोटीले बताए । चलचीत्रका अकौ लगानिकर्ता खिलेन्द्र तिम्सीनाले मिस्टर भर्जिनपछि नया सोचका साथ कामजपत्र दर्शक श्रोतामाझ प्रस्तुत गर्न लागेको बताए । हामी पहिलो चलचित्र बनाउदा नौलो र पहिलो थियौ अब त्यसले हामीलाई धेरै कुरा सिकाएको छ ,हामी अब केहि फरक र अलग बिषयबस्तुका साथ चैत्रको पहिलो साता कागजपत्र लिएर बजारमा आउदै छौ,निर्माता तिम्सीना बताउछन ।