चितवन, पुस ८ । शनिबार राति साहित्यकार हरिहर रेग्मी ‘सविता’को ६८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो ।
वि.सं २०२४ बाट साहित्यिक क्षेत्रमा लागेका उनका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित गरेको साहित्यकार इन्द्र रेग्मीले बताएका छन् ।
उनी पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट पीडित थिए । साहित्य सङ्गम चितवनका संस्थापकमध्येका एक रेग्मी माओवादी निकट जनसांस्कृतिक महासंघको जिल्लाको पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्यसमेत थिए ।
रेग्मीका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।
0
Shares