राजु थापा — क्यानडा,
डिसेम्बर २४, २०१८
२४ बर्ष अघि जिटिएमा स्थापना भएको सबैभन्दा पुरानो संथा “नेप्लीज कम्यूनिटि नेटवर्क अफ क्यानडा” एन.सी.एन.सी. को २४औं बार्षिकोत्सव तथा साधारण सभा डिसेम्बर २३ तारीख आईतवार मिसिसागामा सम्पन्न भएको छ । साधारण सभाले सन्तराज राजभण्डारीको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति गठन गरेको छ ।
जिटिएमा रहेका बिभिन्न संघ संथाका प्रतिनिधिहरू लगायत नेपाली कम्यूनिटिका सदस्यहरूले सहमतिमा गरेको प्रयास बिफल भए पछि अन्तत निर्बाचन प्रक्रिया बाट सदस्यहरूको छनौट भएको हो । जसमा उपाध्यक्षमा नरबहादुर क्षेत्री, महासचिवमा बेदनिधि गौतम, सचिवमा संगिता जिसि, कोशाध्यक्षमा भूमिराज घिमिरे निर्वाचित भएका छन् भने सदस्यहरूमा दर्गा बहादुर सुवेदि, कलाधर बास्तोला, कृष्ण प्रशाद पौडेल, रमेश बहादुर खत्री, सरिता तिम्सिना र सुर्य मरहट्ठा रहेका छन् ।
एनसीएनसीको स्थापना कालदेखि सहमतिको आधारमा गठन हुदै आएको कार्यसमितिको परम्परालाई यस २४औं अधिबेशनले सम्पूर्ण पदाधिकारीको छनौट निर्वाचन बाट गरि परम्परा तोडिदिएको छ ।
अधिकांस नयाँ पदाधिकारीहरु निर्बाचित भएर आएका छन् जसले अब संथालाई नयाँ रुप र बिबाद रहित ढंगबाट अगाडी बढ्ने अपेक्षा गरिएको छ । साथै बिगतमा संथामा देखिएको कमि कमजोरिहरुलाई नब निर्बाचित कमिटिले अबश्य पनि परिमार्जित र सुधार गरि अगाडि बढ्ने छ भन्ने आम जिटिए बासि नेपाली समूदायहरुले आशा र अपेक्षा लिएका छन् । आजिवन सदस्य १४७ र साधारण सदस्य २१९ गरि कूल ३६६ जना सदस्य रहेका एनसीएनसीको सम्पन्न निर्वाचनमा २२२ मत खसेको थियो । निर्बाचित सबै पदाधिकारीहरुलाई प्रमुख निर्बाचन अधिकृत डा. नारायण रेग्मीले सफत ग्रहण गराएका थिए ।
कार्यक्रममा बिभिन्न क्षेत्रबाट नेप्लीज कम्यूनिटिका लागि सहयोग गर्नुहुने ब्यक्तिहरु र संघ संथाहरु लाई क्यानडाका लागि नेपाली कन्सुलेट जन्ररल डा. कुन्जर मणि शर्मा र एन.सी.एन.सी. का निवर्तमान अध्यक्ष ढुण्डीराज खनालले संयूक्त रुपमा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
सोहि अबसरमा नयाँ आजिवन सदस्यहरूलाइ सदस्यता प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संथाका कोशाध्यक्ष किशोर बाबु ढकालले आर्थिक प्रतिबेदन पेश गरेका थिए । एनआरएन क्यानडाका अध्यक्ष्य गोपिकृष्ण काफ्लेले संथाले स्वच्छ र पारदर्शि तरिकाले समूदायको हक हितमा सधैं काम गर्न सकोस् भन्दै शुभकामना दिएका थिए ।
क्यानडाका लागि नेपाली कन्सुलेट जन्रल डा. कुन्जरमणी शर्माको प्रमुख आतित्थ्यमा भएको कार्यक्रम एनसीएनसीका निर्वतमान सभापति ढुण्डीराज खनालको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन एनसीएनसीका निबर्तमान उपाध्यक्ष दिनेश खतिवडा र सचिव बिमला सापकाेटाले गरेका थिए ।