सुजन पौडेल
चम्पादेबी,९ओखलढुंगा
जब नेपाल मा सङ्घियताकाे नारा सुरु भयाे,धेरै लामाे छलफल र विज्ञहरूले परामर्श का अाधारमा अन्ततः नेपाल सङ्घिय राज्य घाेषणा भयाे।देशमा सङ्घियता अाएपछिकाे परिवर्तन स्वरुप जन्ताले पाउने सुबिधा र फाइदाका के हाे भन्ने बिषयमा सम्पूर्ण नेपाली जन्ता अहिलेसम्म पनि अन्याेलमा छन्।त
तर प्रदेश नम्बर १ काे अाेखलढुङ्गा जिल्ला चम्पादेवि गाउँ पालिकामा भने सङ्घियता सहित पाएका जन प्रतिनिधिहरु बाट धेरै कामहरु भएको छन् विभिन्न बिकास निर्माणका कामहरु भएको छन्,सहज रुपमा सेवा उपयाेग गर्न पायका छन्।भाैगाेलिक दृष्टिकोणले धेरै बिकट मानिने यश चम्पादेवि गाउँ पालिकामा स्थानीय चुनाब पछि समृद्ध चम्पादेवि निर्माण गर्छु भनेर गाउँ पालिका अध्यक्ष तथा नेपाली काङ्ग्रेस जिल्ला सचिव नबराज केसि लगायत सिङ्गो चम्पादेविकाे जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर जन्ताकाे सेवाम लागिरहे।
के के भयो त अहिलेसम्म चम्पादेवि मा??
1: सडक,
भाैगाेलिक दृष्टिकोण का अाधारमा अत्यन्तै बिकट मानिने यश चम्पादेवि गाउँ पालिकाले पहिलो बर्षलाइ सडक बर्षकाे रुपमा घाेषणा गरेर त्यहि अनुसार काम गर्याे।कुनै पनि बिकास निर्माण कार्य अगाडि बढाउन का लागि यातायात बिना धेरै कठिन हुने भएकोले बिधुत खानेपानी सिञ्चाई लगायतका काम गर्न समेत पनि यातायात खाचाे छ भन्ने कुरा धयानमा राखि यश गाउँ पालिकाले पहिलो बर्ष करिब 130 किलाे मिटर माेटरबाटाे निर्माण गर्याे।सबै टाेलटाेलमा गाउँ गाउँमा बस्तिबस्तिमा माेटरबाटाे पुर्यायाे र सिङ्गो चम्पादेवि यातायातको दृष्टिकोणले नमुना हसन पुग्याे।
2: शिक्षा ,
धेरै जातजातिको बसाेबास रहेको धेरै धर्म र सस्कृतिका बिच एकताको सुत्रमा बाधियर रहेको यश गाउँ पालिकाले यदि समाज परिवर्तन गर्नु छ भने शिक्षाको परिवर्तन अावाश्यक छ भन्ने कुरा ध्यान गर्दै गाउँ पालिकाले पहिलो चरणमा सबै बिध्यालयहरुमा गाउँ पालिकाले स्थानीय पाठ्यक्रम तयार गरि अङ्ग्रेजी माध्यम बाट पढाइ हुनुपर्छ भनेर काम सुरु गर्याे र पाठ्यक्रम बितरण गर्या याे प्रदेश काे नमुना हुन सक्छ त्यति मात्रै होइन गाउँ पालिका भित्र रहेको ४२ सामुदायिक बिध्यालयरुमा पटकपटक अनुगमन गरि बिध्यार्थि सङ्ख्या कम भएको बिध्यालयहरु यकिन गरि त्यहाँ भएको शिक्षकलाई अान्तरिक दरबन्दी मिलानगरि बढि बिध्यार्थि सङ्ख्या भएको बिध्यालयमा शिक्षक लाने काम अन्तिम चरणमा पुगेको छ।विगतको समयमा नाता वाद र अनेक वादका नाममा नियुक्त गरेका शिक्षक र लाइसेन्स बिनाका शिक्षक खालि गर्दै वैज्ञानिक ढङ्गबाट परिक्षा गराई दरबन्दी अनुसारको शिक्षक समेत गाउँ पालिकाले व्यवस्थापन गरेको छ।त्यति मात्रै होइन अब का दिनमा बिध्यालय शिक्षा मात्रै होइन प्राबिधिक शिक्षा काे खाचो छ भन्ने कुरा ध्यान मा राखि प्राबिधिक शिक्षालय स्थापना गर्ने काम अगाडि बढेको छ।
३ स्वास्थ्य ,
धेरै जनसंख्या रहेको यश गाउँ पालिकामा साविक ६ गा वि स र हाल १० वटा वडाहरु रहेको छन्।नेपाल सरकारले घाेषणा गरे अनुसारको सेवा दिनु पर्छ भन्ने उदेश्य का साथ गाउँ पालिकाले सबै वडाहरुमा स्वास्थ इकाई स्थापना गरेको छ।त्यस्तै मातृ तथा शिशु मृत्यु दर कम गर्ने उदेश्य का साथ सबै स्वास्थ्य सस्थाहरुमा वर्थिङ सेन्टर समेत स्थापना गरेको छ,।त्यति मात्रै होइन जिल्ला सदरमुकाम बाट टाढा रहेको यश गाउँ पालिकामा जन्ताहरुलाई कुनपनि स्वास्थ्य सेवा बाट बञ्चित गर्नु हुदैन सबै किसिमका अाैषधि यहीँबाट बितरण गर्नु पर्छ भनेर गाउँ पालिकाले अाफै अाैषधि खरिद गरि सबै स्वास्थ्य सस्थाहरुमा अाैषधि वितरण गरेको छ सगसगै गाउँ पालिकाले जनशक्तिको अभाव नहाेस भनेर ANM र CMA समेत नियुक्ति गरेको छ याे काम प्रदेश काे नमुना हाे भन्ने अाम जन्ताकाे बुझाइ छ।
४: सम्मान तथा परिचयपत्र बितरण,
सङ्घियताकाे अनुभव गाउँ गाउँमा जन्ताले गर्न पाउनु पर्छ भन्दै चम्पादेवि गाउँ पालिकाले विभिन्न समय गरि बृदबृदा सम्मान तथा परिचयपत्र बितरण कार्यक्रम,अपांग परिचयपत्र वितरण तथा सम्मान कार्यक्रम ,त्यस्तै महिला स्वयंसेविकालाई रु 500 रहेको भत्ता बुदिगरि रु1000 र अबका दिनमा रु 1500 वनाउने घाेषणा समेत भयो भने हजारका दरले दाेसल्ला अाेडायर सम्मान तथा भत्ता बितरण कार्यक्रम पनि भयाे ।याे कार्यक्रम सबै टाेलटाेलमा पुगेर गरिएको हाे यसाे गर्दा जन्ताले सहज छिटाे र भरपर्दो सेवा पाउछन् भन्ने ठम्याइ हाे।
५: खानेपानी ,
खानेपानीको लागि काकाकुल काे जस्तो जिन्दगी जिइ रहेको चम्पादेवि गाउँ पालिकाकाे विशेषतः साविक पलापु कालिका रानिवन लगायतका ठाउँ हरुमा काम सुरु गरिसकेको छ।कतिपय ठाउँमा ट्याङ्की बनी पाइप बिस्तार हुदैन छ।भने पलापु कालिकाकाे लागि लिफ्टिङ र डिप बाेरिङ मार्फत खानेपनि खुवाउनु पर्छ भनेर यस्कालागि काम सुरु भएको छ।साविक विलन्दु मा ५ कराेडकाे खानेपानी कार्यक्रम काे काम हुदै छ भने बिलनदु हाल वडा नम्बर ८ मा यक घर यक धाराे कार्यक्रम सर्वे सकेर काम सुरु हुदै छ।अबका यक वर्षमा लगभग सबै टाेलटाेलमा घरघरमा धाराे पुग्ने छ।
६:बिधुत,
यश गाउँ पालिकामा अदि जनसंख्या र भुभागले स्थानीय स्तरमै उत्पादन गरेर बिधुत सेवा उपयोग गरि रहेका छन्।भने चम्पादेवि १० रानिवनमा भर्खरै मात्रै राष्ट्रिय प्रसारण लाइन सुरु भएको छ अवका दिनमा चम्पादेवि 10 र बाकि अन्य वडाहरुमा बिधुत सेवा सञ्चालन गर्नका लागि गाउँ पालिकाले छलफल र बहस थालेको छ सम्भवतः अबकाे २ बर्षभरिमा सबै घर उज्यालो हुने कुरामा दुई मत नहाेला।।
अाखिर सङ्घियता अायपछि हामी चम्पादेवि गाउँ पालिकाका अाम जन्ताले सहज रुपमा सेवा सुबिधा पायका छाै भनेको जस्तो र साेचेकाे जस्तो बिकास भएको छ।यस्कालागि नेपाली काङ्ग्रेस जिल्ला सचिव तथा चम्पादेवि गाउँ पालिकाका अध्यक्ष नबराज केसि ज्युलाई बिशेष धन्यवाद व्यक्त गर्न चाहान्छाै।अागामि दिनमा समृद्ध चम्पादेवि निर्माण गर्नकालागि हामी जन्ताकाे तर्फबाट सम्पूर्ण सहयोग रहने छ ।