रत्ननगर, पुस १३ । पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ ।
बा ६१ प ९२१ नं को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना २ ख २१६६ नं को ट्रकले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो १ बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जानकारी गराएको छ ।
पौडेलले एपी वान टेलिभिजनका कार्यरत थिए । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको स्थानिय पत्रकारले जानकारी गराएका छन् । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी गराएको छ । बागलुङ घर भई भरतपुर ९, मा डेरा गरी बस्दै आएका पौडेलको २४ का थिए ।
0
Shares