नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले देशलाई समृद्ध र बलियो बनाउने समृद्धिको पहुँचमा आम जनतासामु पुर्याउने नेपाली कांग्रेस मात्र एक पार्टी भएको बताएका छन् ।
नेपाल विद्यार्थी संघ ताप्लेजुङ्गको १२ औं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने नेपाली कांग्रेसको लक्ष्य र उद्देश्य भएको बताए ।
नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको बताउँदै उनले भने– कम्युनिष्ट र कांग्रेस बिचको अन्तर के हो भन्ने छुट्याउनुपर्ने समय आएको छ । कम्युनिष्ट पार्टी निषेधमा विश्वास गर्छ, क्षमता, दक्षतालाई निषेध गर्न चाहने पार्टी भएको उनले बताए ।
उनले कम्युनिष्ट जनताको हित भन्दा नितान्त व्यक्तिगत हितमा केन्द्रित हुने पार्टीको रुपमा आफ्नो पहिचान बनाइ सकेको पार्टी भएको जनाए । कांग्रेस हरेक व्यक्तिको क्षमतामा विश्वास गर्ने पार्टी भएको बताउँदै उनले भने– राज्य व्यक्तिको क्षमता योग्यता र आवश्यकताबारे जानकारक हुनुपर्दछ ।
जनताको साझा भावनाबाट जुनसुकै पार्टी पनि अगाडि बढ्नुपर्ने उनले बताए । कम्युष्टले जनतालाई भेडाबाख्राको दर्जामा राखि सोही अनुरुप व्यवहार गरेको आरोप लगाउँदै उनले भने– जनता कुनै कुरामा जानकारक छैनन् उनीहरु केही कुरा जान्दैनन् भन्ने सोच कम्युनिष्ट पार्टीको छ ।
नेपाली कांग्रेसले २०४६ सालमा सत्तामा आएपछि २ प्रतिशतको आर्थिक दर ६ प्रतिशतभन्दा माथि पहिलो पटक पुर्याएको बताउँदै उनले भने– त्यसपश्चात नेपालमा विकास गाउँगाउँमा सडक पुर्याउने लगायतका सारा काम गर्यो ।