नेकपा चम्पादेबीको तालाबन्दी योजना असफल

नेपाल कम्निष्ट पार्टी ओखलढुडंगा चम्पादेविले आज ओखलढुंगा को चम्पादेबी गॉउपालिका मा गॉउपालिका ले गरेको निर्णय गलत भएको आरोप लगाउदै बिभिन्न बिषयहरुमा बिबाद सिर्जना गरेर सामाजिक सञ्जाल तथा केही आफ्ना आस्थाबोक्ने अनलाइन हरुको दुरुपयोग गर्दै भ्रामक तथा गलत समासाचार संम्प्रेशन गरी बिभिन्न अफ़वाह फैलाएको छ।

 गत स्थानीय निर्बाचनमा चम्पादेबी गॉउपालिकाका अधिकॉस वडाहरु कॉंग्रेस ले बिजय हासिल गरेपछि नेपाली कॉंग्रेस का  तर्फबाट बिजयि जनप्रतिनिधी हरुले वडा वडा मा गरेको बिकाश देखेर अब हामि चम्पादेबी मा पत्तासाफ हुने भयौ भन्ने मानसिकता बोकेका नेकपा चम्पादेबी का केही नेताहरु जो पालिका अध्यक्ष लगायत अन्यपदमा चुनाब मा पराजय भोगेका थिए ति नेकपा को तर्फबाट उम्मेदवार बनेका ब्यक्तिहरु आफ्नो पराजय को रिस सॉधेर बदनाम गराउने उद्देश्यले आएकाहरु आफ्नो अभिस्ट पुरागर्न कामबिषेश ले कार्यलयमा उपस्थित कॉंग्रेस का कार्यकर्ता तथा सेवग्रही जनताहरुको फोटो खिचेरसामाजीक संजालमा पोस्ट गरी पार्टी को बिरोध कार्यक्रम मा आएका आफ्नो मास भनेर जनतालाइ भ्रममा पार्दै लेखेका छन।

     ने क पा का स्थानीय नेताहरुले पालिका का प्रतिनिधि तथा केही ब्यक्तीहरुलाइ बदनाम गराउने बाहाना खोज्दै काठमान्डौ मा बसिरहेका केही नेकपा का नेता हरुलाइ हारगुहार गरि बोलाउनु का साथै केही तिघ्रे मुंग्रे भाडामा पनि झिकाएको बुझिएको छ।पालिका अध्यक्ष ले बार्ता गर्न बोलाएर उनिहरुलाइ आफ्ना बिरोध का बिषय र माग हरुलाइ राख्न आग्रहगरेपछी उनिहरुआफ्ना मागहरु प्रस्तुत गरेकाथिए उनिहरुका आरोप र मागलाइ पालिका अध्यक्ष नवराज के सी ले बुदागतरुपमा उतर दिदै छलफल गरेपछी उनिहरुसंग आएका कार्यकर्ता तथा जनता हरु उल्टै उनिहरु संगै गलत कुरा गरेर आफुहरुलाइ उक्साएको भन्दै रिसाएर घरफर्किएका थिए तर नेकपा चम्पादेबी का केहीनेता र उनिहरुले भाडामा ल्याएका मुन्द्रे र कुन्डले भने नुनको सोझो गर्न  पालिकामा ताला लगाउन तम्सीदै थिए उनिहरुको रबैया देखेर जनताले सेवा सुबिधा पाउने जनता को काम गर्ने कार्यलयमा ताला लगाउन दिदैनौ भन्दै तेहाका सचेत नागरिक हरुप्रतिकार मा उत्रीदा उनिहरु तितर बितर भएर कुलेलम ठोकेका थिए।

      आज कार्यलयमा ताला लगाउन असफल भएपनि आफ्ना पंहुच का मिडीयाहरु को दुरुपयोग गर्दै तालाबन्दी गरियो भनेर गलत समाचार प्रसारण तथा प्रकाशन गर्न लगाइ संचारमाध्यम को गरिमा महता को धज्जी उडाएर नेकपा चम्पादेबी ले आज संपुर्ण नेपाली पत्रकारीता को बिस्वासनियता लाइ हल्का मात्र बनाइदिएको छैन संपुर्ण  पत्रकारिता जस्तो संबेदनसिल जगतलाइ लाइनै घुलमिल बनाइदिएको छ। 

   ने क पा चम्पादेबी ले आफ्नो पार्टी को सरकार सत्ता मा छ भन्ने दम्भ र शक्ती को आडमा गरेको गलत कार्यको को देशैभरिबाट निन्दा भइरहेको छ।नेपाली कॉग्रेस ओखलढुंगा जील्लाकार्यसमिति ले नेकपा चम्पा देबी को गैर जीम्मेवारीपुर्ण कार्यको भर्त्सना गर्दै बिज्ञप्ती जारि गर्नुका साथै लिखु,मोलुडं,चिसंखुगडी,सिद्धिचरण नगरपालिका मा भएका अनियमितता र राजनैतिक आस्था का आधारमा गरिएका कार्यहरु को बिरोधमा संघर्ष गर्ने घोषणा गरेको छ।।।