लोकसत्ता सम्वाददाता, क्यानडा
जनवरि ०२, २०१९
नेपाली जनसम्पर्क समिति क्यानडा NPRC ले आफ्नो दोश्रो अधिबेशन मिसिसागामा सम्पन्न गरेको छ । अधिबेशनबाट सर्वसम्मत रुपमा १९ जना बोर्ड सदस्यहरु चयन गरेको छ भने रामबाबु थापाको सभापतित्वमा कार्यसमिति समेत गठन गरेको छ ।
कार्यसमितिमा चेयर अन्जनी भट्टराई, उपाध्यक्षद्वय सुरेश खनाल, सुदीप खनाल, महान्त्री विद्याभूषण कार्की, सहमहामन्त्री के.पी. निरौला, कोषाध्यक्ष अम्विका ज्ञवाली, प्रवक्ता दुर्गा अधिकारी लगायत ११ जना सदस्य रहेका छन् ।
यस सस्थाले यस अघि जुलाई १४, २०१८ गर्ने गरि तय गरिएको अधिबेशनलाई विशेष कारण देखाई भेलामा परिणत गरेको थियो । यस बिचमा अर्को समानान्तर संथापन नेपाली जनसम्पर्क समिति, क्यानडा, NPCC मा देखिएको घटनाक्रम संगै NPCC र NPRC दुवै संथा बिच नेपाली कांग्रेसको निर्देशन र सल्लाह बमोजिम बृहत एकता अधिबेशन गर्नका लागि रामबाबु थापाको संयोजकत्वमा दुबै संथाका पदाधिकारी सम्मिलित संयूक्त कार्यदल गठन भै सक्रिय भैरहेको अबस्थामा NPRC को अधिबेशन सम्पन्न पश्चातः संयूक्त कार्यदलको औचित्य र जिम्मेवारीको बारेमा दुबै तर्फको धारणा सार्बजनिक हुनु पर्ने बेलामा झन दुरि बढ्न गएको पो हो कि भन्ने भान प्रजातन्त्र प्रेमिहरुमा हुन थालेको छ । यदि त्यस्तो हो भने क्यानडामा बस्ने प्रजातन्त्र प्रेमीहरुको लागि त्यो दःखको कुरा हुन जानेछ ।
अधिबेशन सम्पन्न पश्चात निबर्तमान सभापति तुल्सी पौडेलले लोकसत्ता संग खुसि ब्यक्त गर्दै आफुले प्रजातान्त्रिक ढंगबाट नेतृत्व हस्तान्तरण गरेको र आउदा दिनहरुमा संथाको हितका लागि सधै लागि परिरहने बताएका छन् ।
साथै संथालाई यस उचाई सम्म ल्याउन निवर्तमान कार्यसमितिका साथै समाजका शभेच्छुक सम्पूर्ण लोकतन्त्रप्रेमी दाजुभाई दिदीबहिनीहरुमा आभार समेत ब्यक्त गरेका छन् ।