राजु थापा, टोरोन्टो ।
जनवरी ०२, २०१९
सगरमाथाको देश, शान्तिका दुत भगवान गौतम बुद्धको जन्म स्थल र हामी नेपालीहरुको राष्ट्रिय पहिचान र पोसाकको रुपमा लिइने टोपी लाई छैठौं अन्तराट्रिय टोपी दिवसका रुपमा क्यानडामा पनि मनाईएको छ ।
नेपाल र नेपालीहरुको पहिचान नेपाली टोपीले विश्व समुदायलाई नेपाल र नेपाली हो भनेर चिनाउने लगायत हाम्रा रितिरीवाज, धर्म संकृति र पहिचानलाई प्रतिनिधित्व गर्दछ ।
क्यानडाको जि.टि.ए. मा बसोवास गर्ने विभिन्न पेशामा आबद्ध रहनु भएका नेपालीहरुको उपस्थितिमा उक्त कार्यक्रम भएको हो । विगत ६ बर्ष देखि अंग्रेजी नयां बर्षका दिन क्यानडामा टोपि दिवसका रुपमा मनाउदै आइरको छ साथै संसार भरिनै बिभिन्न कार्यक्रम गरि आ आफ्नो तरिकाले टोपी दिवस मनाउने गरिन्छ ।
नेपालीहरुको राष्ट्रियता, पहिचान, इज्जत र सानलाई सधै कायम राख्न आउदा दिनमा यसलाई अझ बृहत रुपमा लैजानु पर्ने आवस्यकता देखिएको छ ।
नेपाली संस्कृतिको जगेर्ना र नेपाली टोपी लाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने उद्धेश्य लिएर क्यानडा बाट सन् २०१० मा शुरू भएको टोपी इभेन्टले सन् २०१४ बाट अन्तराष्ट्रिय टोपी दिवशको रुपबाट मनाउन थालिएको हो । हालै नेपालमा शंकर बन्जाडेको अध्यक्षतामा दर्ता गरि गठन गरिएको टोपि प्रतिष्ठानमा क्यानडा बाट डा. गोबिन्द सिंह रावत सल्लाहकार रहेका छन् । यस प्रतिष्ठानले भविष्यमा टोपि प्रतियोगिताको समेत प्रस्तुत गरिने लक्ष्य समेत लिएको जनाईएको छ ।
क्यानडामा सम्पन्न यस छैठौं टोपि दिबशमा एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले सहित हरि गुरुगं, डा.तुल्सी धरेल, धिरेन्द्र शाही, अनुप न्यौपाने र राजेन्द्र प्रशाईको संयोजनमा र्कायक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।