काठमाडौं, पौष १९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज प्रदेश नं ४ मा प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन, पोखराको सिमलचौरमा स्थापना गरेको छ ।
नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो ।
उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ४ का उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदेश नं ४ अन्तर्गत बैंकका ५ वटाशाखाहरु (बागलुङ्ग, बेनी, चामे, पोखराको न्युरोड तथासिमलचौर)बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश नं ४ मा रहेका ११ जिल्लामध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव १७,००० ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।