काठमाडौँ, पुस १९ । चिलिमे जलविद्युत् कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेपछि शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो ।
कम्पनीको औसत आधार मूल्य रु ७३७ रहेको छ । यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ ।
सो कम्पनीको पहिलो कारोवार मूल्य रु १११ देखि रु ३३५ सम्म रहने प्रक्षेपण गरिएको स्टकले बताएको छ । कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता शेयर स्टकमा सूचीकृत भएको थियो ।
कम्पनीले केही समय पहिले मात्रै रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो ।
0
Shares