रत्ननगर, पुस २० । भरतपुर नापी कार्यालयमा काम गर्ने एक कर्मचारी घुससहित पक्राउ परेका छन् । उनलाई उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
पक्राउ परेका ती कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए ।
पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सो शाखाका अध्यक्ष विष्णु भुसालले बताए ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घुस रकमसहित पक्राउ परे पनि अख्तियारलाई खबर नगरेका कारण निजामती सेवा ऐन अनुरुप मुद्दा अगाडि बढाइने जनाए ।
0
Shares