जुम्ला, साउन ११ । भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते जुम्लाका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा गरेको हो ।
तातोपानीमा रु सात करोड ७२ लाख ८३ हजार, गुठिचौरमा रु पाँच करोड ४५ लाख ३५ हजार, चन्दननाथ नगरपालिकामा रु सात करोड ८८ लाख १६ हजार तथा कनकासुन्दरी गाउँपालिकामा रु छ करोड ७६ लाख ४८ हजार र तिला गाउँपालिकामा रु छ करोड ८२ लाख ३७ हजार बजेट निकासा गरिएको कार्यालय प्रमुख विश्वप्रसाद अर्यालले बताएका छन् ।
पातारासी गाउँपालिकामा रु सात करोड ४५ लाख ४३ हजार, सिंजा गाउँपालिकामा रु पाँच करोड ९९ लाख ३१ हजार र हिमा गाउँपालिकामा रु पाँच करोड ६९ लाख ३६ हजार बजेट निकासा भएको छ । वित्तीय समानीकरण र ससर्त बजेटस्वरुप आठवटै स्थानीय तहमा कूल रु ५३ करोड ७९ लाख ३२ हजार बजेट निकासा गरिएको अर्यालले बताएका छन् ।
0
Shares