बद्री पन्त
जाजरकोट, पुस २७ । जाजरकोटका डिभीजन बन अधिकृत मन्जुर अहमतले वन क्षेत्रमा परिणाम आउने गरी काम गरेर देखाउने बताएका छन् । वन डिभिजनहरु अनुगमन तथा निरीक्षण गर्न दुर्गम गाउँमा पुग्ने गरेको बताउँदै उनले डिभिजन प्रमुख र अन्य कर्मचारीहरुलाई समयमा नै काम गर्न निर्देशन दिएका छन् । पहिलो काम स्थानीय तहसंग समन्व गरेर सार्वजानिक क्षेत्र, सामुदायीक तथा राष्ट्रिय वन क्षेत्रमा बड्दै गइरहेको वन अतिक्रमण क्षेत्र हटाएर वन क्षेत्रमा कायम गर्नु प्रमुख कार्य भएको जानकार गराए । उनले आफु जाजरकोट आए लगतै ६ स्थानमा सव डिभिजन वन कार्यालय स्थापना र कर्मचारी व्यवस्थान गरेको बतामएका छन् ।
जिल्लाका दल्ली, वारेकोट, शिबालय छेडागाड, जुँनीचादे, कुशे र भेरी नगरपालिकामा सव डिभिजन स्थापना गरी काम कारबाही अगाडि बढाइएको स्पष्ट पार्दै उनले भने, शिबालय छेडागाड सव डिभिजनमा अधिकृत पूर्णबहादुर चन्दको नेतृत्वमा ७ जना कर्मचारी, दल्लीमा नितेशराज भट्राईको नेतृत्वमा ५ जना कर्मचारी, जुँनीचाँदेमा रामकृण्ण बुढाको नेतृत्वमा ३ जना कर्मचारी, कुशेमा नवराज बुढाको नेतृत्वमा ५ जना कर्मचारी, भेरीमा दिछ्या दिछित लामीछानेको नेतृत्वमा ७ जना कर्मचारी र बारेकोटमा नितेशराज भट्राईको नेतृत्वमा ५ जना कर्मचारी खटाइ सकिएको छ । दल्ली र बारेकोटमा २ सव डिभिजन हेर्ने गरी नितेशराज भट्राईलाई जिम्मेवारी दिइएको डिभिजन अधिकृत अहमदले बताए ।
जिल्ला डिभिजनमा साहेक वन अधिकृत, सुब्वा, लेखा, कार्यालय सहयोगी, सवारी चालक सहित १२ जना कर्मचारीको दर वन्दी रहेको र १ जना वाहेक ११ जना आइसकेका उहाँले बताउनु भयो । आफु आए लगतै नलगाड नगरपालिका, कुशे गाउँपालिका, शिबाल गाउँपालिका, छेडागाड नगरपालिका र भेरी नगरपालिका क्षेत्रको बस्तु स्थितीको बारेमा जानकारी लिई सकेको र बारेकोट गाउँपालिका र जुँनीचादे गाउँपालिका क्षेत्रको अनुगमन गरीने जानकारी गराए । यसैगरी जिल्लामा आएपछि आफुले केहि नयाँ काम समेत गरेको अहमदको भनाइ छ ।
गत चैत देखि रोकीएको पञ्च बर्षे वन व्यवस्थापन कार्ययोजना र आईइ तयार गरी स्वीकृत गराएको, भेरी नगरपालिका ४ मा रहेको सव डिभिजन भवन सञ्चालनमा ल्याई कर्मचारी राखेर काम कारबाही थालेको, जिल्लामा रहेका सामुदायीक वन उपभोक्ता समितिबाट हुने खर्च सो को श्रेक्ता राख्ने कार्य गरी सामुदायीक वनको आर्थिक कार्यविधी निर्देशिका २०७३ अनुसार गर्ने गराउने कामको सुरुवात गराएको उनले सुनाए ।
आगामी दिनमा २ वटा सामुदायीकमा वैज्ञानीक वन व्यवस्थापन पद्धती लागु गरेर वनको दिगो संरक्षण र व्यवस्थापन गर्ने, वन्नेजन्तुको चोरी तस्करी, वन अतिक्रमण लगाएतको प्रभवाकारी योजना वनाएर अगाडि बढ्ने, जडिबुटीको क्षेत्रमा खेती विस्तार, भण्डारण, प्रसोधन, बजारीकरण, जिल्लाको अतिक्रमीत क्षेत्रको पहिचान तथा लगत संकलन गर्नेलगाएत कार्य आउदो दिनमा गरिने अहमदले बताए । यस अघि कर्मचारी सदरमुकाम बस्ने, गाउँमा नजाने गर्दा चोरीपैठारी वन अतिक्रमण भएको भन्दै अव ६ वटै सव डिभिजनमा कर्मचारी बन्ने व्यवस्था मिलाईएको उनले जानकारी गराए ।
गाउँघरमा कुनै समस्था आएमा त्यही नै सहजीकरण हुन्छ अहमदले सुनाए । जो कर्मचारी फिल्डमा वस्दैन त्यस्तालाई कारवाही हुन्छ । स्थानीय तहसंग समन्वय हुन्छ पहिलेको जस्तो कर्मचारी फिल्डमा गएपनि हुने नगएपनि हुने परिस्थिती थियो त्यो आज अन्य भएर गएको छ भन्दै कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएका छन् । स्थानीयबासी सवैले वन्यजन्तु चोरी शिकारी, वन अतिक्रमण गर्ने काम नगर्न समेत सवैमा आग्रह गरे । यस्तो कार्यमा संलग्न कसैलाई पनि नछाडिने र वन ऐन अनुसार कडा कारवाही हुने समेत जानकारी गराएका छन् ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वन कार्यालयको समन्वयमा वन क्षेत्र जोगान, वन्यजन्तुको अबैध चोरीशिकार नियन्त्रण गर्न गाउँपालिका लागि पर्ने बताए । वन क्षेत्र संरक्षणमा सवै गाउँबासी जुट्नु पर्ने समय आएको प्रष्ट्याए । जथाभावी अतिक्रमण तथा बनजंगलको विनास नगर्न नगराउन सल्ली, साल, लुइ“टो, गुरा“स, लगायत महत्वपूर्ण बोटविरुवा, वन्यजन्तु संरक्षणमा सहयोग गर्न जिल्लाबासी सवैमा अनुरोध गरेका छन् ।
जिल्लाको १ लाख २९ हजार १ सय २१ हेक्टर बन क्षेत्र संरक्षण गर्नु हामी सवैको दायीत्व भएको डिभिजन प्रमुख अहमदले जानकारी गराए । उनी यसअघि बाराको निजगढ सेक्टर वन कार्यालयमा १ बर्ष बसेर २ महिना अघि जाजरकोट आएका हुन् ।