माया पन्त
जाजरकोट, पुुुुस २८ । ठेकेदारको चरम लापरवाहीका कारण पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीको पुल निर्माण अलपत्र परेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगतको उक्त पुल निर्माण शुरु भएको ६ बर्ष वितेको छ । तर पुलको १ प्रतिशत पनि काम भएको छैन । ३ बर्ष भित्रमा निर्माण पुरा हुने यो पुल ६ बर्ष वितिसक्ता पनि काम पुरा भएको छैन ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना अन्र्तगतको चौरजहारीकुदु स्थित भेरी नदी पुल निर्माणमा भएको ढिलाईले रुकुम र जाजरकोट सडक सञ्जाल जोडिनबाट बन्चित हुन पुगेको छ । पुल निर्माणमा भएको ढिलाईले आयोजनाको रुकुम जाजरकोट सडक खण्ड काम गर्न बाधा पुगेको छ । निर्माण कामको जिममेवारी लिएको निर्माण ब्यवशायीको चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको हो । दुवै जिल्लाका स्थानीय आवतजावत लागि झोलुङ्गे पुलको भरमा छन् । भने व्यापार व्यवसायमा समेत असर परेको छ । समयमा पुल निर्माण नहु“दा लोकमार्गको स्तरोन्नोति गर्ने कार्यमा समेत बाधा पुगेको छ । त्यस्तै पुल निर्माण अलपत्र पर्दा चौरजहारीमा नयाँ शहर निर्माण आयोजनाको काम समेत प्रभावित बनेको छ । २०६९ सालमा पुलको ठेक्का सम्झौता भएको थियो । १३ करोड ४७ लाख लागतको उक्त पुल निर्माण गर्ने जिम्मा लिएको वाईपी कन्ट्रक्सन प्रा.ली. ललितपुरले ३ बर्ष भित्रै पुल निर्माणको काम पुरा गरिसक्ने सम्झौता पत्रमा हस्ताक्षेर गरिएको भएतापनि हालसम्म पुलको टावरको जग खन्ने कामपनि पुरा हुन नसकेको भन्दै जाजरकोटबासी आक्रोशित भएका छन् । ठेकेदार राजुप्रसाद श्रेष्ठ वेपत्ता छन् ।
३ बर्षको समयमा पुल निर्माण गरिसक्ने भनेर कामको जिम्मा लिएको निर्माण कम्पनीले ६ बर्ष वितिसक्दा पनि पुलको जग खन्ने काम पनि पुरा नगरेको भेरी नगरपालिका १३ का वडा अध्यक्ष गोपालबहादुर बटालाले जानकारी गराए । मुलुकको ब्यबस्था फेरीयोको तर, काम गर्ने अबस्था नफेरिएन उनले सुनाए । ठेकेदारले पुलको १ प्रतिशत पनि काम नगरेको बटालाको भनाई छ । दुई तिहाईको सरकार भएर पनि ६ बर्षमा पुल नबनाउने ठेकेदारलाई कुनै पनि कारवाही गर्न नसकेको आरोप बटालाको छ । पुलको केहिपनि काम भएको छैन, निर्माण सामग्रीहरु खियालागेर गएका छन । यो विषयमा पटकपटक ठेकेदारले ढाट्दै आएको, आज आउछु, भोलि आउछु, छिट्टै नै काम हुन्छ भनेर ठक्ने काममात्र गर्ने गरेको बटालाको भनाई छ । भेरी पुल नबन्दासम्म रुकुमको चौरजहारी र जाजरकोटको कुदु, मटेला समुन् पारीका दुई भिन्न देश जस्तै भएको चौरजहारी नगर प्रमुख बिशाल शर्माले बताए ।
ठेकेदार देखि नगरले हारखाइसकेको शर्माको भनाई छ । एउटा पुल ६ बर्षमा बन्दैन के कुरा गर्ने हाम्रो देशमा शर्माले भने । छिटोछरीतो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई हजार पटक अनुरोध गरेको तर ठेकेदारले अटेरी गर्दै आएको शर्माको भनाई छ । निर्माण शुरु भएको ३ बर्षमा कार्य सम्पन्न हुने पुल ६ बर्ष वित्दा पनि जगै निर्माण नगर्ने ठेकेदारलाई सरकारले कडा कारवाहि गर्नु पर्ने उनको धारणा छ । सडक विभागको डिजाईन अनुसार कार्यस्थलमा कार्य गर्ने वातावरण नहुँदा पुल निर्माणमा ढिलाई भएको व्यवशायीले जनाएको छ । पुरानो डिजाईन अनुसार पिलर तथा स्टीलपार्ट भएको पुल निर्माण गर्नु पर्ने थियो । तर नदीको वाहव् डाईभर्सन गर्न नसकिने भएपछि पिलर निर्माण रद्ध गरेर लठ्ठावाला सस्पेन्सन व्रिज बनाउने नयाँ डिजाईन बनेको हो ।
सडक विभागकै कारण पुल निर्माण ढिलाई भएको ठेकेदारको भनाइ छ । व्यवशायीले निर्धारित समयमा पुल निर्माण गर्न नसकेको आयोजनाले जनाएको छ । दोश्रो पटक म्याद थप्दा समेत पुल निर्माणको काम अघि बढ्न नसकेको आयोजनाको भनाइ छ । यस पुलको रुकुम साईटमा पिल्लर र यङकरिङ्गको फाउण्डेसन निर्माण गरेर जग पुरिसकेको भएता पनि जाजरकोट साईटमा पिल्लर र यङकरिङ्गको राम्रोसंग फाउण्डेसन पनि पुरा हुन नसकेको हो । मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डको ट्रयाक खोल्ने काम पुरा भएको छ ।
जाजरकोट खण्डमै पिजको काम अगाडी बढिसकेको भएतापनि पुल नबन्दासम्म उक्त मध्यपहाडी लोकमार्ग कुनै उपयोगमा नआउने देखिएको छ । निर्धारीत समयमा काम नसक्ने निर्माण ब्यबसायीलाई कडा कारबाही गर्ने भनेर गृहमन्त्रालयले प्रत्येक जिल्लावाट समयमा काम नसक्ने निर्माण ब्यबसायीको नाम, लिष्ट माग गरेको भएता पनि भेरी पुल निर्माण गर्ने जिम्मा लिएको वाईपी कन्ट्रक्सनलाई कारबाही हुनु पर्ने नेकपाका जिल्ला नेता ईमाश्वर देवकोटाले बताए । उक्त मध्यपहाडी लोकमार्गको मुख्य कार्यालय दैलेखले जाजरकोट खण्डका लागि ईन्र्चाज तोकेका ईन्जिनियर तुला शर्माले व्यवसायीलाई काम गर्न भनेका छौं, काम हुन्छ भनेर भन्ने गरेको छ ।
यो समाचार तयार पार्दासम्म वाईपी कन्ट्रक्सन प्रा.लीका ठेकेदार राजुप्रसाद श्रेष्ठसंग फोन सम्पर्क हुन सकेको छैन । भेरी पुल निर्माण परियोजनाका डाईरेक्टर उद्ब खत्रीले भने, लगानी गर्न नसक्दा निर्माण कम्पनीले तोकेको समयमा काम गर्न नसकेको बताए । उक्त मध्यपहाडी लोकमार्गको मुख्य कार्यालय दैलेखले पनि व्यवास्था गरेको छ । यस आयोजना सडकको ट्रयाक खोल्ने काम पूरा भए पनि भेरी नदीमा पुल निर्माण थालिएको छ वर्ष बितिसक्दासमेत अधुरै छ । जसले गर्दा रुकुम–जाजरकोट सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । यसबाट दुवै जिल्लाको विकास निर्माणमा बाधा पुर्याएको बताईएको छ ।