काठमाडौं, साउन ११ । काठमाडौँ उपत्यकाका ऐतिहासिक एंव साँस्कृतिक महत्वको सम्पदाको संरक्षणमा दक्ष जनशक्ति उत्पादन गर्न फ्रान्स सरकारले रु बाह्र लाख ५० हजार रकम अनुदान सहयोग गरेको छ ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, साँस्कृतिक संगठनलाई उक्त रकम दिने फ्रान्सको सँस्कृति मन्त्रालयले आज घोषणा गरेको हो । पुरातत्व विभागसँग समन्वय गरी युनेस्कोले ऐतिहासिक, कलात्मक वस्तुको संरक्षणका काममा उक्त रकम खर्चिने बताइएको छ ।
आज आयोजित एक समारोहमा नेपालका लागि फ्रान्सका राजदूत इभ कर्मोना र नेपालस्थित युनेस्कोका प्रतिनिधि क्रिश्चियन मानहार्टले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वयम्भू, पाटन दरबार क्षेत्रका ढुंगा र काठका कलात्मक ऐतिहासिक सामग्रीको संरक्षणको निमित्त फ्रान्सेली संरक्षण विषेशज्ञद्वारा नेपालीलाई तालीम दिने भएका छन् ।
0
Shares