ओखलढुंगा, पुस ३० । केही हप्ता देखि चम्पादेवी गाउँपालिकाको स्थानिय तहमा प्रमुखमा चुनाव हारेका खड्गबहादुर कार्कीको राजनीतिक रिसिबी कारण द्धन्द्ध बढेको छ । डेड बर्ष अगाडी सम्पन्न स्थानिय तहको चुनावमा नेकपाको तर्फबाट गाउँपालिका प्रमुखमा चुनाव हारेका उनले विगतको आफ्नो चरित्राको उदाङ पार्दै विनाकारण गाउँपालिकालाई आफ्नो अनुकुल प्रयोग गर्न खोजे पछि पालिकामा चरम द्धन्द्ध बढेको स्थानिय बताउँछन् ।
गाउँपालिकाका गतिविधिलाई आफ्नो कब्जामा राख्न खोज्ने कार्कीले विभिन्न सवालमा गाउँपालिकाका गतिविधिमा अबरोध गर्ने, सहकार्यका नाममा विभिन्न समितिमा बसेर असहयोग गर्ने, गाउँपालिकाको तालबन्दीका लागि हर्कत गर्ने, अल्पमतमा रहेका आफ्नो पार्टीका वडा अध्यक्षहरुलाई गलत कामको लागि उक्साउने, विकास निर्माणका काम रोक्ने र विभिन्न निकायमा उजुरी गर्न लगाउने गर्दै आएका छन । उनै कार्कीका कारण उब्जेको विबादले ओखलढुंगाका लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकाकामा समेत प्रवेश पाएपछि नेकपा ओखलढुंगा भित्र पनि उनको चरित्र पर्दाफास भएकोले सो विषयमा गहिरो अध्ययन शुरु भएको एक नेताले बताएका छन ।
सामान्तबादी चरित्र भएका उनले नेकापालाई बदनाम बनाउने र स्थानिय तहमा आमसहमतिका आधारमा विकासको गति अगाडी बढाउनु पर्ने पार्टीको धारणा विपरित गएको उनले गुनासो गरेका छन । कार्कीका कारण नै २०६४ साल देखि शुरु भएको राजधानी र सदरमुकाम जोड्ने साँधुटार घोराखोरी कोषहाट मोटरबाटो जिल्ला सडक योजना अनुरुप सञ्चालन हुन सकेको छैन् । जिल्लाका विभिन्न गाउँसम्म सडक यातयात सहज भए पनि यो क्षेत्रमा सहज हुन नसकेको स्थानिय जानकारहरु बताउँछन ।
नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि ल्याएको ६० थान विजुलीका पोल कब्जा गरेका कारण काम नै बन्द गरि दिए, उपभोक्ता समितिबाट दोहोरो रकम उठाएर खायो, बोले प्रतिशोध राखेर हर्कत गर्छ, हामी चुप लागेर बसेका छौं गाउमा सञ्चालन हुन लागेका मिल बन्द गराएर हैरानी दिई रहेको छ, पार्टी भित्र उस्कै पहँुच छ, हामी बोले घेराबन्दीमा पारेर सधैं दुःख दिन्छ के गर्नु उपाय पाइएन भन्ने गुनासो स्थानियको छ ।
उनै कार्कीका कारण विगतमा ओखलढुंगा जिल्लामा नै अस्थिर गाउँको परिचय बनाएको साविकको फुलबारी गाउँ विकास समितिका अध्यक्ष समेत भई सकेका कार्कीले आफु संग्लग्न विभिन्न योजना तथा उपभोक्ता समितिको करोडौ रकम भ्रष्टचार गरी अकुत संम्पति आर्जन गरेको स्थानियहरुको भनाई छ । कार्कीले गाविस अध्यक्षको हैसियतले तत्कालीन गाविसको लाखौं रकम दुरुपयोग गरेर काठ्माडौमा घरघडेरी जोडेको, द्धन्द्धकालमा साविकको जिल्ला विकास समिति अन्र्तगतको स्थानिय विकास कोषको करोडौ रकम हिनामिना गरेको, ज्ञानप्रकाश माविको विगत लामो समय देखि अध्यक्ष भई विभिन्न निकायहरुबाट प्राप्त अनुदान रकम दुरुपयोग, साँघुटार घोराखोरी ओखलढुंगा सडकमा लाखौं रकम दुरुपयोग गरेको, ठुलोखोला लघुजलविद्युत आयोजनाको विगत लामो समय देखि साधारण सभा, बैठक नगरी २५ लाख भन्दा बढि रकम दुरुयोग गरेको उनका काका हरिकृष्ण कार्कीले बताए ।
उनले भने यो पापी छ सार्वजनिक सम्पति दुरुपायोग मात्र हैन फरक विचार राख्ने जो कोहीलाई पनि दुःख दिने गरेको छ । रोपाईका दिन धानको विऊ चराउने, कुलो भत्काइदिने देखि दुःख दिन बाँकी केही राखेको छैन, गाउँघर छिमेकमा कसैलाई शान्ति छैन उनले भने । कार्कीको ज्यादतिका विषयमा बोल्दै एक स्थानिय शैन्ध्वज थापाले भने घोराखोरीमा लामो समय देखि कसैलाई शान्ति छैन, उनको हर्कतका कारण स्थानिय नागरिकले मात्र हैन घोराखोरीमा रहेका सरकारी तथा गैर सरकारी संरचनालाई समेत उनले आफु अनुकुल प्रयोग गर्न विभिन्न हत्काण्ड मच्याउदै आएको बताउँछन । यो गाउँपालिका उनकै ज्यादतिका कारण ताप्केडाँडा गएको हो, अहिले घोराखोरीमा भैदिएको भए कार्यालय आफ्नो कब्जामा लिने र नागरिकलाई दुःख दिने थिए । कार्यालय टाढा भए पनि हामी खुशी छौ कम्तिमा स्वतन्त्रपुर्वक सेवा प्रवाह भएकोमा हामीलाई गौरब छ थापाले भने ।
कार्कीले स्थानियलाई मात्र हैन आफ्ना पार्टीका नेताहरुलाई पनि वाक्क दिक्क बनाएको नेकपाका एक नेताले बताए । उनको चरित्र थाहा छ तर फुलबारीमा वैकल्पिक नेतृत्व विकास हुन सकेन, विकल्प पनि छैन, नहुनु मामा भन्दा कानो मामा जाति भने झै कार्की नै फेरी नेता बनेका छन् । हामीलाई थाहा छ समग्र चरित्र राम्रो छैन, उनको जनमत राम्रो छैन तर के गर्नु फुलबारीको समुदायमा कुटेर पिटेर जसरी नि उनै अगाडी हुने भए पछि हामीले वैकल्पिक नेतृत्व दिन नसकेका हौ ।