रबीन्द्र मिश्र को प्रेमबिबाह बर्षगॉठ मनाउन नपाइ टुट्यो रे

  1. हाम्रो प्रेम विवाह लामो समय टिक्न सकेन- रवीन्द्र मिश्र‘देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ’

सामाजिकरूपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरूका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौं भन्ने अनुभूति भएको छ। हामी छुट्टिएको देखेर यहाँ रमाउनेहरू धेरै छन्। मन दुखाउनेहरू अझ धेरै छन्। हामी सबैलाई थाहा छ, हामीबीच अभियान केन्द्रित समूह मात्र बन्ने कि राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो। त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन। तर तपाईंहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनुभयो।