ललितपुर, माघ ३ । ललितपुर महानगरपालिकामा आपत्कालीन कार्य सञ्चालन केन्द्रको थालनि भएको छ । महानगरमा विहिवार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीवाबु महर्जनले उक्त केन्द्रको उद्घाटन गरी सञ्चालनको सुभारम्भ गरेका हुन् । उक्त केन्द्रका लागि सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट) नेपालले ४ वटा साझेदार संस्थाहरुको समन्वयमा महानगरलाई विपदका वेला आवश्यक पर्ने ‘आपत्कालीन सामाग्री’ हस्तान्तरण गरेको हो ।
आइसेटसँग समन्वय गर्ने सहयोगी संस्थाहरुमा आड्रा नेपाल, डिसिए, लुथ्रन वल्र्ड, रिलिफ र वल्र्ड भिजन रहेका छन् । उक्त केन्द्रलाई आइसेट नेपालले विपद व्यवस्थापन सूचना प्रणाली, विपद व्यवस्थापन प्रणालीका सामग्रीहरु, खोज तथा उद्दारका लागि आवश्यक उपकरणहरुका साथै आवश्यक फर्निचर र कम्प्युरहरु समेत उपलब्ध गराएको छ ।
उक्त केन्द्रको उद्घाटन तथा सामग्री हस्तान्तरण कार्यक्रममा महानगरस्तरीय आपतकालीन सञ्चालन केन्द्र (एमइओसी) पत्रमा हस्ताक्षर समेत गरिएको छ । हस्तक्षरपत्रमा महानगरका तर्फबाट मेयर चिरीवाबु महर्जन र आइसेट नेपालकातर्फबाट कार्यकारी निर्देशक अजयमणि दिक्षितले हस्ताक्षर गरेका हुन् ।
केन्द्रको उद्घाटन तथा सामग्री हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीवाबु महर्जनले महनगरले विपद व्यवस्थापनका लागि छुट्ट ५० लाखको कोष खडा गरेको बताए । मेयर महर्जनले प्रत्येक वर्ष यस कोषमा रकम थप गर्दै लाजाने जानकारी गराउँदै वडास्तरमा पनि विकास बजेटबाटै १ लाख रुपैयाँ छुट्याएर विपद व्यवस्थापन कोष खडा गर्न निर्देशन समेत दिएका छन् । मेयर महर्जनले आइसेटले उपलब्ध गराएका यी सामाग्रीहरुको संरक्षरण गर्दै विपद व्यवस्थापन केन्द्रको प्रवद्र्धन तथा एकीकृत विपद व्यवस्थापन केन्द्रको रुपमा विकास गर्ने गरी तयारी गरिरहेको जानकारी गराएका छन् ।
आइसेट नेपालका कार्यकारी निर्देशक अजयमणि दिक्षितले विपद अघि नै विपद व्यवस्थापनका क्षेत्रमा लगानी गर्दा जोखिम न्युनीकरण गर्न सकिने स्पष्ट पारे । उनले महानगरसंगको सहकार्यलाई निरन्तरण दिने जानकारी गराए । ललितपुर महानगरपालिकाका कार्यकारी निर्देशक प्रेमप्रसाद भट्टराईले मानव अधिकारको प्रवद्र्धनमा यो केन्द्रको स्थापना महत्वपूर्ण भएको बताएका छन् । महानगरपालिकाका विपद शाखाका प्रमुख हरिशचन्द्र लामिछानेले विपद जोखिम न्युनीकरण सूचना केन्द्रको समेत स्थापना गर्ने तयारी भइरहेको जानकारी गराए ।