खोटाङमा निःशुल्क शिविर, तीन हजारले पाए विशेष सेवा

काठमाडौं, माघ ४ । पहाडी जिल्लाको विकट बस्तिका बासिन्दा स्यास्य सम्बधि ज्ञानमा अलि पछि नै परेका हुन्छन् । उनीहरुलाई आफ्नोज्यानको भन्दा पनि कामकै चटारो बढि हुने गर्दछ । गाउँका मानिलाई पनि विभिन्न रोगले सताइरहेको हुन्छ भन्ने पत्तो नै हुँदैन ।

यस्तै गाउँका मानिसको जिवनशैलिलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको थियो । सेवा लिन आएकालाई निःशुल्क औषधि तथा थप उपचारका लागि काठमाडाँैका सरकारी अस्पतालमा थप उपचारका लागि सिफारिस गरिएको शिविर संयोजक डा प्रकाश बुढाथोकीले बताएका छन् ।

शिविरमा स्थानीय क्षेत्रका करीब तीन हजारले सेवा लिएका र रु दश लाख बराबरको औषधि वितरण गरिएको बताइएको छ । शिविरमा सेवा लिएकामध्ये शल्यक्रिया गर्नुपर्ने १८९ बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उनले बताए ।

डा विश्व दवाडी, डा साधना आचार्य, डा सुरक्षा बाँस्कोटा, डा सरोजकुमार राय, डा चादनी जयसवाल, डा मनोजकुमार महत, डा सुनिल तामाङ तथा स्वास्थ्यकर्मी कल्याण ढुङ्गाना, भुवन पुरी, दौलत तुलाधर, अमृतजङ्ग बस्नेत, धर्मेन्द यादव, नर्स शर्मिला आचार्य शिविरमा सहभागी रहेको थियो । सो शिविरबाट गाउँका बासिन्दा निकै लावान्दित भएको एक स्थानिय बताउँछन् । स्वास्थ्य सेवा विभागले गरेको काम निकै प्रशंसा योग्य भएको उनले सुनाए ।