ओखलढुंगाका युवाहरु जुर्मुराए

काठमाण्डौ,ओखलढुंगा जील्लाका ने.बि.संघ र तरुणदलका युवाहरुले हालै ओखलढुंगामा संपन्न स्थानीय निर्बाचनको समिक्षा गरेका छन।
ओखलढुंगा जील्लाको राजनितिमा सक्रिय सहभागि भएका ने.बि.संघ र तरुणदलमा आबद्द युवाहरुले नया बानेश्वर स्थित म्याक्डोनाल्स फुड क्याफेमा भेलाको आयोजना गरेका हुन। ओखलढुंगाका करिब एकसय जनाभन्दा बढि युवाहरुको उपस्थिति रहेको सो भेलाले भर्खरै संपन्न निर्बाचनमा भएको कमिकमजोरी र निर्बाचनका सबल पक्षको बिषयमा बिभिन्न युवाहरुद्वारा टिक्काटिपणी गरिनु को साथै आगामी प्रदेश र संघको निर्बाचनमा युवा बिध्यार्थिहरुको भुमिकाको बिषयमा ब्यापक छलफल गरिएको थियो।
भेलामा जील्लाका बिभिन्न युवानेताहरुले आफ्नो आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो । युवानेता कुमार लुइटेलले पहिलेका निर्बाचनमा मतदाता नावावलीमा नाम समाबेश गर्न छुटेका मतदाता हरुलाइ नाम समाबेश गराउन निर्बाचन आयोग सम्म पुर्याउन र नाम समाबेश गर्न प्रेरित गर्न संपुर्ण युवाहरुलाइ आब्हान गरेका छन।नेता लुइटेलले आगामी  प्रदेश र संघको निर्बाचनमा नेपाली कॉंग्रेस लाइ जीताउन संपुर्ण युवा लागिपर्नु पर्ने र ओखलढुंगा जील्लामा बिध्यार्थी संगठन निर्माण गर्नुपर्ने धारणा राखेका थिए।भेलामा भोजपुर जील्लाका प्रभावशाली युवानेता महासमिती सदस्य  बिनोद बान्तवाको उपस्थित रहेको थियो।बान्तवाले आफ्नो धारणा राख्दै यतिबेला नेपाली कॉंग्रेसलाइ चारैतिर बाट प्रहार भइरहेको छ तेसैले ओखलढुडंगे युवाहरु मात्र नभइ देशैभरिका युवाहरु एकभइ पार्टी भित्र आक्रन्त गुटगत राजनितीलाइ अन्यगरी  कॉंग्रेस को संगठन बलियोबनाउनु पर्ने कुरामा जोडदिनु भयो।

  1. भेलामा नेपाली कॉंग्रेस ओखलढुडंगाका युवानेता-भिम बराल, बलाराज तामाडंग, दुर्गा खड्का, सुरेश दुखित, घनश्याम घिमिरे, डि.बि गिरी, शम्भु गौतम लगायतका बक्ताहरुले आ-आफ्नो भनाइ राख्नु भएको थियो।।