पाल्पा, माघ ८ । अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पाल्पा तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाएका छन् ।
अहिलेको सरकारले यति काम र उति काम गरे भनेर गफ लगाए पनि यथार्थमा भने अघिल्ला सरकारले गरेका कामहरु नै उद्घाट गर्न मा नै व्यस्त भएको बताएका छन् । उनले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको जानकारी गराए ।
आफ्नो सरकार बहुमत छ हामीले जे जस्तो निर्णय पनि पेलेरै गर्न सकिन्छ, अरु जसले जे भने पनि फरक पर्दैन भन्नेमा नै रुमलिएको उनले बताउँदै उनले भने, सरकारलाई अरु जसले जे भने पनि फरक पर्दैन भन्नेमा नै रुमलिएको छ । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको हत्या, हिसांमा संलग्न व्क्ति बचाउ अभियानमा नै केद्रित भएको उनले आरोप लगाएका छन् ।
पौडेलले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोप्रति आक्रोशत व्यक्त गरेका छन् । नेता पौडेलले सरकारको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भए पनि गुणस्तरीय सेवा पाउन नसकेको जानकारी गराएका छन् ।
शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न सरकारको ध्यान पुग्न नसकेको बताउँदै उनले भने जनताका समस्यासँग सरकार जानकारक हुनुर्पछ, सरकार सत्तामा भन्दा जनतामा केन्द्रित हुनु जरुरी छ ।