काठमाडौँ, माघ ८ । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले स्थानीय संघसंस्था एवं उपभोक्ताहरुसँगको सहकार्यमा विष्णुमती, बागमती नदीहरुलाई प्रदुषण मुक्त गर्ने दायाँ बायाँका खाली जग्गालाई संरक्षण गरी हरियाली पार्क बनाउने कार्य भइरहेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १६ अन्तर्गत विष्णुमती नदीको बालाजुदेखि शोभा भगवति मार्गको छेउमा रहेको करिब १२ रोपनी जग्गामा हरियाली पार्क बनाउनका लागि तारबार तथा वृक्षरोपण कार्य सम्पन्न भइसकेको छ । स्थानीय उपभोक्ताहरुकै सक्रियतामा उक्त खाली जग्गा तारबारबाट पछि वृक्षरोपण कार्य सम्पन्न भइसकेको छ ।
सो स्थानमा विरुवाहरु हुर्किरहेको अवस्थामा स्थानीय उपभोक्ताको सुविधा र अधिकार सम्पन्न बागमती सभ्यता एकीकरण विकास समितिको सोच र कार्यलाई समेत वेवास्था गरी टुरिजम बस व्यवसायीहरुको चलखेलमा उक्त स्थानमा टुरिस्ट बसपार्क बनाउने भन्दै उक्त जग्गा अतिक्रमणको प्रयत्न भइरहेको बुझिएको छ ।
उक्त स्थानमा बसपार्क बनेमा विष्णुमती र आसपासका क्षेत्रहरुमा फोहोर प्रदुषणहुने र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सोच र काममा अवरोध पैदाहुने कुरा निश्चित छ । टुरिस्ट बस व्यवसायी संस्था नाफा मुलक संस्था भएको र उक्त संस्थाले स्थानीयको हितमा भन्दा नाफा मात्र हेर्ने भएकाले सरकारले नै स्थानीयको चाहाना विपरित जग्गा भाडामा दिने प्रयत्न गर्नु कहाँसम्म न्यायसंगत हो । बसपार्क बन्नेमा स्थानीय जनताको पूर्ण असहमत र विरोध रहँदा रहँदै बल मिचाइले बसपार्क बनाउन खोज्नु कतिसम्म उपयूक्त होला ? यस सवालमा अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समिति चनाखो बन्नु पर्ने भएको छ भन्ने सरकारबाट यत्रो गैर जिम्मेवार निर्णय हुँदै जाने हो भने नदी किनारको संरक्षण कसले गर्ने ? यस तर्फ स्थानीय संस्था चनाखो बन्नुपर्ने भएको छ ।