नेकपा अध्यक्ष दाहाल परिवार नै अस्वस्य

काठमाडौँ, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भइ घरमा नै आराम गरेर बसिरहेका छन् । चिकित्सकको सल्लाहबमोजिम दाहाल निवासमा आराम गरिरहेको पारिवारीक स्रोतले बताएको छ ।

चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् उनको सचिवालयले बताएको छ । चिकित्सकले दाहाललाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन् ।

दाहालका परिवाका अन्य सदस्यहरु पनि भाइरलका कारण अस्वस्थ्य छन् । उनकी श्रीमती सीता र बुहारी बिना पनि स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् ।